Yoginarharinath
ABOUT THE PROJECT

Yogi Naraharinath


योगी नरहरिनाथको जन्म वि.संं. १९७१ फागुन १७ गते आईतबारका दिन कालीकोट जिल्ला, ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालूगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माईला पुत्रको रूपमा भएको थियो । ८ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्यास लिएपछि मात्र उहाँको नाम योगी नरहरिनाथः रहन गएको थियो ।
योगी नरहरिनाथः ९ वर्षको उमेरमा जुम्ला, चौघानस्थित वटूकभैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशालामा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँले हरिद्वार, मायापुरी योगाश्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन, वि.सं. १९९२÷९३ मा वाराणसी, गोरक्षटील्ला, मैदागिनीमा सिद्धान्तकौमुदी, महाभाष्य प्रथमान्हिक र वाक्यपदीय ब्रम्हकाण्डको अध्ययन, लाहौर, प्राच्य विद्यापीठमा काव्यप्रकाश, कादम्बरी पूर्वाद्र्ध तथा अन्य दर्शनशास्त्रको अध्ययन, वि.सं. १९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट वि.सं. १९९७ मा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शतपथ ब्राम्हण, तैतिरीय ब्राम्हण, ऐतरेय ब्राम्हण, ताण्ड्य ब्राम्हण, गोपथ ब्राम्हण अध्ययन गरी वेदालंकार परीक्षा उत्तिर्ण गर्नुभएको थियो ।

  • Project Type: Dynamic Website

Did you like our works?

Send us your requirements to get a quote.

2018 Tech101 PVT LTD. All Rights Reserved.