ABOUT THE PROJECT

Unified Saccos Pvt LTD


नेपाल सरकार सहकारी ऐन् २०४८ सहकारी नियमावली २०४९ अन्र्तगत स्थापना भएको यस यूनिफाईड बचत तथा ऋण सहकारी संस्था लि. प्रधान कार्यालय का.म.न.पा. वडा नं.–१६, नयाँबजार, सेवा केन्द्र कुलेश्वर–१४ र सेवा केन्द्र विशालबजार शुक्रपथ वडा नं.–२४ काठमाण्डौंमा अवस्थित रहेको छ । “एकको लागि सबै र सबैको लागि एक” भन्ने सहकारीको शास्वत भावनालाई आत्मासाथ गर्दै नेपाल सरकारबाट वित्तीय कारोवार गर्न ईजाजत प्राप्त वित्तीय संस्था हो । यस संस्थामा स्थानिय प्रतिष्ठित तथा प्रबुद्ध व्यवसायिहरुको संस्थापक शेयर सहभागितामा संचालन भएको यस संस्थाको उच्च व्यवस्थापन तहमा व्यवसायी उद्धमीवर्ग तथा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरि सकेका व्यक्तिहरु हुनुहुन्छ । ब्यक्ति र समुदायमाझ रहेको निस्कृय पूँजीलाई प्रतिश्पर्धात्मक बित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षण ब्याज प्रदान गरी शेयर सदस्यहरुलाई समय सुहाउदो उचित ब्याजदरमा छिटो छरितो तथा सरल शुलभ र सहज ढंगबाट कर्जा प्रवाह गरी स्वरोजगार, आत्मानिर्भर बन्न उत्प्रेरक गर्ने र सक्षम व्यवसायी बनाउनुका साथै आफै केहि गरौ भन्ने भावना जागृत गरि थोरै भएपनी देशको अर्थतन्त्रमा टेवा पु–याउनेगरी असल र सक्षम नागरिक बनाउने उद्धेश्यका साथ शेयर सदस्यहरुलाई सवल, सक्षम एंवम आत्मनिर्भर व्यवसायी संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लैजाने रहेको छ ।

Did you like our works?

Send us your requirements to get a quote.

2018 Tech101 PVT LTD. All Rights Reserved.