आमाको अनुहार दुई वर्ष पछि हेर्दा

एक जवाना थियो जब मोबाइल फोनको प्रयोग कल र मेसेजिङ मात्र थियो। गाउँ तिर त झन् मोबाइल फोन धनीहरुसँग मात्र हुन्थ्यो। मानिसहरुलाई परपर सम्म सम्पर्क गर्न माध्यम केवल चिट्ठी थियो। बिस्तारै सबै तिर बिकास भएको झै मोबाइल फोनहरुमा समेत धेरै प्रगति हुँदै गयो। दिनरात नयाँ-नयाँ फिचरहरु र एप्लिकेसनहरु थपिदै गए। मोबाइल फोन भित्रै एक नयाँ संसार बन्न थाल्यो।

म आफैले मोबाइल फोनको स्मार्ट एप्लिकेसनहरु चलाउन थालेको धेरै वर्ष भैसक्यो। ४ वर्ष अगाडी मैले मेरो पढाई सिध्याएर काम गर्नको लागि क्यानडा बस्न गए। नेपाल कहिले नफर्किने सोचाइ भए पनि मलाई मेरो आमाको धेरै याद आउथियो। अरु साथीहरूले आफ्नो बाबाआमा सित स्काइप एप्लिकेसनबाट भिडियो च्याट गरेको देख्दा मलाइ पनि मेरो आमालाइ मोबाइल फोन सिकाउने ठुलो रहर थियो। रहर भए नि समय दिन नपाउद एक्दमै नराम्रो अनुभव हुन्थ्यो।

एक दिन मैल फेसबुक चलाउदै गर्दा एउटा एडभरटाइज्मेन्ट देखा पर्यो। काठमाडौं भित्र घरै बसिबसी मोबाइल र क्म्प्युटर सिक्न पाइने सुविधाको बारेमा लेख्या थियो। मलाई झसङ्ग आफ्नो प्यारो आमाको याद आयो। मैले कुनै पनि ढिला नगरिकन तिनिहरुलाई मेरो आमा को ठेगाना दिए र प्याकेजको पैसा तिर्दिए।

एक दुई हफ्ता सम्म म काममा धेरै नै व्यस्त थिए त्यही भएर मैले आमालाई खासै वास्ता दिन सकेको थिएन। ठ्याक्कै सुत्नको लागि डसना मिलाउदै थिए। एककासी मेरो मोबाईल फोनमा भाइबरको घण्टि बज्न थाल्यो। निन्द्राको सुरमा मिबाइल हेरेको थिए, नेपालको नम्बरबाट भिडियो कलको रिक्वेस्ट आइरको रहेछ, त्यो देख्दा एकदम छक्क परे। निकै उत्साहामा मैले फोन उठाए। उनको अनुहार दुई वर्ष पछि देख्दा मेरो आँखाबाट खुशीको आँसु झर्यो। उनले मलाई आफुले सिकेको कुराहरु सब सुनाउनु हुदा,प्रतेक शब्दपछी मेरो मुखमा मुस्कान थपिदै गयो। आमाले आफ्नो इन्सट्र्क्टर मलाइ चिनाउनु भयो र रमाउदै मैले त्यो व्यक्तिलाई मन देखि धन्यवाद गरे। अजै याद आउँछ मलाई ती दिनहरु जब आमालाई सम्झिन बाहेक केही गर्न सक्दिन थिए तर अहिले दुई वर्ष भैसक्यो म र मेरो आमा बेलाबेला च्याट गर्छम् र मैले भ्यएको बेला कल नि गर्छम्। उनको स्वर सुन्न पाउँदा मेरो दिन राम्रो हुन्छ।

 

By Sakshyam
Tech101

Did you like our works?

Send us your requirements to get a quote.

2018 Tech101 PVT LTD. All Rights Reserved.